आजदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु भएको छ । | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

आजदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु भएको छ ।

see exam

काठमाडौं । 

बिहान ८ बजेदेखि परीक्षा शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा समेटिएका छन् भने जापानको एभरेस्ट स्कुलबाट समेत ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यस वर्ष परीक्षार्थी संख्या घटेसँगै परीक्षा केन्द्रको संख्या पनि घटाइएको छ । देशभर १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । गएको वर्ष ५ लाख ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको छ । परीक्षा २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

Leave a Reply