कक्षा १२ को परीक्षा आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कक्षा १२ को परीक्षा आजबाट सुरु

see exam radda

काठमाडौं, ९ मंसिर । कोरोनाका कारण गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परिक्षा बिहान ८ बजेदेखि साढे एक घण्टा मात्र संचालन भएको छ ।

परीक्षाका लागि चार हजार एकसय विद्यायलमा केन्द्र तोकिएको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

परीक्षा संचालका लागि सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरिएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो नाप्ने व्यवस्था गरिएको छ । विद्यार्थीले परीक्षा हलमा बस्दा मास्क लगाउनुपर्ने छ ।

परीक्षा बोर्डले एउटा कोठामा दुई मिटरको दूरीमा २० जना मात्र परीक्षार्थी राख्ने व्यवस्था गरेको जनाएको छ । परीक्षा मंसिर १६ गते सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);