बलम्बुमा महालक्ष्मी जात्रा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बलम्बुमा महालक्ष्मी जात्रा शुरु

नयाँ वर्ष सुरु भएपछिको पहिलो जात्रा

फाइल फोटो

काठमाडौं, ९ मंसिर । काठमाडौं उपत्यकाको बलम्बुमा महालक्ष्मी अर्थात सिन्दुर जात्रा शुरु भएको छ। यो जात्रा कात्तिक पूर्णिमाको अघिल्लो दिनदेखि शुरू भई मार्ग कृष्णपक्षको प्रतिपदासम्म गरी तीन दिन मनाइन्छ । यसलाई नयाँ वर्ष सुरु भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ । उपत्यकाको महत्वपुर्ण सस्कृति मध्येको एक हो ।

काठमाडौं उपत्यकामा पछिल्लो कालमा आएर बस्नेहरुलाई जात्राको उल्लासले नछुन सक्छ तर यहाका रैथानेहरुलाई जात्रा भनेको सर्वोपरि पर्व हो । खासगरी आफनो गाउँ, टोल तथा क्षेत्रमा हुने । उपत्यकाको कुनै न कुनै ठाऊँमा कुनै न कुनै किसिमका जात्रा चलिन्छ । अर्थात उपत्यकामा जात्रा सदावहार रुपमा चलिरहेको हुन्छ । गठे मंगल अर्थात जथाँमुग बाट उपत्यकामा जात्राको थालनी हुन्छ ।

यो बर्ष नेपाल संवत ११४० सकिएर ११४१ सुरु भैसकेको छ । नयाँ वर्ष लागे पछि उपत्यकामा पहिलो जात्रा चन्द्धागिरि नगरपालिकाको बलम्वु, यो बलम्बु महालक्ष्मी जात्रा भब्य हुने गर्दथ्यो । एक साता भित्र चन्द्धा गिरी नगरपालिकाको वलम्बु, वालागाऊँ र थानकोटमा तीन वटा जात्रा हुने गर्दछ । र पहिलो जात्रा बलम्बुमा हुन्छ ।

एक महिनाको अवधिमा चन्द्धागिरी नगरप नैकाप, संतुगल, बोसिगाउँ मच्छेगाउँ ,टौखेल, तीनथाना र र्र्कीितपुर सहितको सात गाऊँमा जात्रा हुने गर्दछ । ब्यापक र वृहत छ। नेपाल मंण्डलका नेवार समुदायको जात्रा र संस्कृती । यो समुदायले आ आफनो ठाऊ अनुशार मौलीक तरिकाले जात्रा मनाउदछन् । बलम्बुको महालक्ष्मी जात्राको पनि अनेक मौलीक पक्ष छ ।

उपत्यका मनाईने प्राय जसो जात्रा उस्तै उस्तै देखिन्छ तर हरेक जात्राको भित्री स्वरुप भने नितान्त फरक देखिन्छ । यो जात्रा वर्षभरिको २४ अष्टमी मध्ये मुख्य अष्टमी बाट शुरु हुन्छ । दशमीको दिन जात्राको सवैभन्दा महत्वपुर्ण दिन हो । त्यस दिन विहानै नौ जना गुठीयारहरु कसैले नदेख्ने गरी मठमा गई कुमारीको पुजा गर्दछन् । त्यस पछि विधिवतरुपमा नाट्ेश्वरको पुजा गर्दछन् । त्यस पछि सात जना गुठाीयारहरु नाट्श्वरको पुजा गर्दछन् ।

त्यस पछि कुमारिको प्रतिमालाई नाट्ेश्वरको मन्दिरमा लगिन्छ ।महालक्ष्मीको पुजा गर्दा देवीको शिरबाट फुल खसेपछि मात्र दशमीको जात्रा विधिवतरुपमा आरम्भ हुन्छ । पुजा गर्ने मुर्तीलाई खटमा राखी र कुमारिको मुर्तीलाई ढकीमा राखिन्छ र त्यस पछि ढकीलाई पीठमा राखी खटकोे जात्रा शुभारम्भ हुन्छ ।

नगरको हरेक घरबाट पीठमा पुजा गर्न जानु पर्ने हुन्छ । बलम्बुको जात्रामा कुमारि, महालक्ष्मी र गणेशको रथ नचाईले गर्दा रोचक बन्दछ । यो जात्रा काठमाडौं उपत्यकाको प्राचीन र महत्वपुर्ण जात्रा हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);