डडेल्धुरा सदरमुकाममा बाघ जात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डडेल्धुरा सदरमुकाममा बाघ जात्रा

काठमाडौं । पछिल्लो समय धेरै ठाउँका जात्राहरु लोप हुने अवस्थामा पुगेका छन् । यसै क्रममा परम्परादेखि मनाइँदै आएको बाघ जात्राको संरक्षणका लागि डडेल्धुरा सदरमुकाममा बाघ जात्रा देखाइएको छ । जात्रा हेर्न पर्यटकहरुको भिड लागेकाले संरक्षण तथा संवद्र्धनमा स्थानीयले जोड दिएका छन् ।

डडेल्धुरा सदरमुकामका रैथाने भनेर चिनिने परियार समुदाय अर्थात खलंगावासीले हरेक वर्ष बाघजात्रा मनाउने गरेका छन् । तर पछिल्लो समय भने यो जात्रा लोप हुँदै गएको छ । कोरोना महामारीका कारण केही बर्ष बाघजात्रा नै भएको थिएन । तर यस वर्ष भने स्थानीयले जात्रा निकालेका हुन । परम्परादेखि देखाईदै आएका जात्राहरु पछिल्लो समय देखिन छाडेको भन्दै स्थानीय चिन्तत छन् ।

अझै पनि ७५ प्रतिशत जंगल रहेको डडेल्धुरामा परापूर्वकालमा निकै ठूलो घना जंगल थियो । जसले गर्दा बाघले घर पालुवा जनावरसंगै ठूलो मानवीय क्षतिसमेत पु¥याउने गरेको थियो । बाघ खोर अर्थात बागबजारमा बाघले नागरिकलाई त्रसित गरेको बेला सुरक्षा निकायको पहलमा बाघलाई लखेट्दै आम नागरिकमा सचेतनाम फैलाउन स्थानीयले बाघ लखेटेको सम्झनामा बाघ जात्रा मनाईने प्रचलन रहेको हो । परम्परादेखि पूर्खाले देखाउँदै आएको बाघ जात्रा पछिल्लो समयमा लोप भएकाले आफ्नो कला सँस्कृतीको जगेर्ना गर्नुपर्ने स्थानीयको भनाइ छ ।

जिल्लामा बाघ जात्रा हेर्नको लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लागेको थियो । लोप हुन लागेका यस्ता जात्रा, मेला, गौरा जस्ता चाडपर्वले मौलिक रितिरिवाज तथा संस्कृतीको जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यसको संरक्षणमा जोड दिनुपर्ने जानकारहरु बताउँछन् । आफ्नो क्षेत्रका मौलिकता, रितरिवाज तथा संस्कृतीको जगेर्नामा सबै एकजुट हुन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);