सुदूरपश्चिमको प्रसिद्ध देहिजात मेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुदूरपश्चिमको प्रसिद्ध देहिजात मेला सम्पन्न

ugratara mandir

बिमल जैरु
डडेल्धुरा, ६ मंसिर
। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा मनाईने महत्वपुर्ण जात्रा देहिजात बिहिबार सम्पन्न भएको छ । डडेल्धुराका स्थानीयहरु आस्थाको केन्द्र उग्रतारा माताको दरबारमा पुगेर धुमाधामका साथ यो जात्रा मनाएका हुन् ।

देहिजात सुदूरपश्चिमको महत्वपुर्ण जात्रा, हो । २५ सय वर्ष अघि अमरगढी नगरपालिका लटाउली बस्ने सार्की जातीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि त्यसैबेला देवी उत्पन्न भई दर्शन दिएकाले स्थानीयले यस दिनलाई हर्षाेउल्लासका साथ मनाउने गर्दछन् ।

सुदूरपश्चिमकै ठुलो शक्तिपिठ मध्येको एक उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पुर्णीमाको दिन यो मेला लाग्ने गर्दछ । उग्रतारा माताको दर्शन गरेमा मनोकामना पुरा हुने जनविस्वास रहँदै आएको यहाँका बूढापाकाहरु बताउँछन् ।

यो मेला आफन्तजन संगको भेटघाटको मौकाको रुपमा समेत प्रख्यात छ । त्यस्तै, फाँपर, तिल, अदुवा, बेसार, चुक अमिलो, मह, ध्यु, केरा लगायत स्थानीय उत्पादनलाई पर्वद्धन गर्न मद्धत पुगेको व्यापारीहरुको भनाई छ । मेलालाई लक्षित गरी उग्रतारा क्षेत्र विकास समितीले केही समय अगाडी व्यवस्थापन मिलाएको थियो ।

मेलामा करिब ५० हजार भन्दा वढी भक्तजनहरुले दर्शन गरेको व्यवस्थापनले जनाएको छ । मेलाभर्न सुदूरपश्चिमका ९ वटा जिल्ला, सिमावर्ती भारतको उत्तर प्रदेशबाट पनि दर्शनार्थीहरु आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);