अछाममा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अछाममा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी

swasthya bima achham

सुशील भण्डारी
अछाम, ६ मंसिर
। २ वर्ष अघि सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अछाम जिल्लामा निकै प्रभावकारी देखिएको छ । स्वास्थ्य बिमा बोर्ड अछामले तुलनात्मक रुपमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएको दावी गरेको हो ।

सरकारले २०७३ सालमा गुणस्तरीय स्वास्थ्य सेवाको पँहुच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्थास्थ्य भन्ने उदेस्यले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अछाम जिल्लामा प्रभावकारी देखिएको छ । जिल्लामा अहिलेसम्म १६ हजार पाँच सय जनाले स्वास्थ्य बिमा गरेका छन । त्यसमध्ये अछाममा चारवटा स्वास्थ्य संस्था र क्षेत्रिय अस्पताल सुर्खेतबाट गरी करीब ६ सय ३१ जना र काठमाडौं र नेपालगंजमा ६९ जना गरी जम्मा ७ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।

२ हजार ५ सय रकम तिरेर बिमीत भएकाहरुबाट २१ लाख दुई हजार नगद संकलन र नेपाल सरकार गरिबी निवारण मन्त्रालयको ४२ लाख योगदान गरी जम्मा ६३ लाख दुई हजार रुपैयाँ संकलन भएको स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय अछामका दर्ता अधिकारी प्रेम बहादुर बुढाले बताए ।

स्थानीयहरुको अनुसार गरीब तथा बिपन्न वर्गहरुका लागि यो स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी छ । यो कार्यक्रमलाई अझै बिकट बस्तिका नागरिकहरुको माझमा पुर्‍याएमा झनै प्रभावकारी हने स्थानीयहरु बताउँछन् ।

अछाममा भौगोलिक कठिनाई, गरिबी, चेतनास्तर लगायतका चुनौतीका बाबजुत पनि बिमा कार्यक्रममा नागरीकको आकर्षण देखिएको हो । बिपन्नबर्गको स्वास्थ्य सेवामा पँहुच पुर्‍याउन बिमा सुरु गरीएकाले निम्न आयस्रोत भएकाहरुका लागि लाभदायिक देखिएको छ । यसलाई अझ प्रभावकारी, टिकाईराख्ने विषयमा सम्वन्धित निकाय सतर्क भईराख्नुपर्ने स्थानीयहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);