अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै

सुशील भण्डारी, अछाम

अछाम, १५ चैत । अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले सस्तोमा उपचार सेवा पाउने भएपछि बिमा गर्नेको संख्या बढेको हो ।

स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकाहरुलाई राहत मिलेको छ । बिरामी भएमा सस्तोमा उपचार सेवा पाउने भएपछि बिमा गर्न स्थानीय आकर्षित भएका छन् । स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको स्थानीयको भनाई छ ।

तर कतिपयलाई सराकारवालाले तोकेको २ हजार ५ सय रकम तिर्न नसक्नेहरु भने समस्यामा परेको बताएका छन् । अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको छ । अहिलेसम्म अछाममा २ हजार ४ सय जनाले स्वास्थ्य बिमा गरेका छन् । स्थास्थ्य बिमाबाट अहिलेसम्म १ सय २५ जनाले जिल्ला अस्पतालबाट सेवा लिएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रचार प्रसार, चेतनामुल कार्यक्रम गर्नुका साथै बिमा बापतको रकम तिर्न नसक्नेलाई थप कार्यक्रम ल्याउनु आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);