छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बिमा बापतकाे ५० प्रतिशत रकम तिरिदिने | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बिमा बापतकाे ५० प्रतिशत रकम तिरिदिने

तेह्रथुम। छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिककाे ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएकाे छ । स्वास्थ्य बिमाकाे लागि रकम तिर्न नसक्दा उपचारमा लाखाैं खर्च गर्न परेकाे र बिमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेकाे स्थिति राेक्न पालिकाले आधा  मै बिमा गरिदिन लागेकाे हाे।

नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएकाे छ । गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘हामी निर्वाचत भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम अघि सारेका हौ । गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नाै सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने । यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् । स्वास्थ्य बिमाको बारे गाउँगाउँमा महत्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहात पाउने भएका छन् ।

गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरीसकेका सुत्केरीलाई एकमुष्ठ नाै हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

Leave a Reply