अन्नपूर्ण गाउँपालिकाकाे पहिलाे निर्णय : ५० प्रतिशत अनुदानमा सबैकाे स्वास्थ्य बिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अन्नपूर्ण गाउँपालिकाकाे पहिलाे निर्णय : ५० प्रतिशत अनुदानमा सबैकाे स्वास्थ्य बिमा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।

पालिकाकाे आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने निर्णय गरेको हो । यो निर्णय कार्यपालिकाको पहिलो बैठकबाट अनुमोदन गराउने अध्यक्ष केसीले बताए । उनले अहिले आन्तरिक आम्दानी खासै नभए पनि बढाउने गरी योजना ल्याउने बताए ।

‘पर्यटन र प्राकृतिक श्रोत हाम्रो आम्दानीको प्रमुख आधार हुन् । धेरै श्रोत चलाउन सकेका छैनौं,’ उनले भने, ‘पहिलै वर्ष पाँच करोड आन्तरिक श्रोत पुर‍्‍याउँछौं । त्यसका लागि होमवर्क सुरु भैसकेको छ ।’ उनले नागरिकको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्ने र त्यसकै उदाहरणका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);