सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवन गुणस्तरहीन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवन गुणस्तरहीन

swasta jhapa

झापा, १६ चैत । झापाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवन ठेकेदारले गुणस्तरहीन बनाएको पाइएको छ । निर्माण नसक्दै भवन भत्किन थालेपछि निर्माणाधीन भवन गुणस्तरहिन भएको पाइएको हो ।

पाँच करोड ५२ लाख ५८ हजारको लागतमा दी कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाडौंले निर्माणको ठेक्का पाएका थिए । निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गर्दा भवनको पिल्लर खस्ने र ढलान उक्किन थालेको स्थानीयको भनाई छ । भवन गुणस्तरहीन भएपछि कनकाई नगरपालिकाले भवन निर्माणको काम रोक्न निर्देशन दिएको छ ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले निर्माण व्यवसायीलाई भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न निर्देशन दिएको बताए । २०७२ साल चैत १० गतेबाट निर्माण प्रारम्भ भएको भवनको २०७४ चैत १० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);