प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण अलपत्र

सुरेन्द्रकुमार कामती

सिरहा, ३० जेठ । सिरहाको औरही गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण अलपत्र भएको छ । सात बर्षमा पनि भवन निर्माण सम्पन्न नहुँदा उपचारका लागि आउने बिरामी मारमा परेका छन् ।

सिरहाको औरही गाउँपालिकामा २०६८ सालदेखि स्वास्थ्य केन्द्रको भवन बनाउन थालिएको हो । ३ करोड ४९ लाख ३५ हजारमा पिएस विशाल एण्ड विराट जेभिले दुई बर्षभित्र भवन बनाउने ठेक्का लिएको थियो ।

तर निर्माण सुरु गरेको सात बर्षमा पनि ठेकेदारले भवन निर्माण सम्पन्न गरेको छैन । भवन नहुँदा उपचारमा समस्या भएको छ ।

भवनको अभावमा एमरजेन्सी सेवा संचालन गर्न अप्ठ्यारो भएको स्वास्थ्यकर्मीको भनाइ छ । भवन नहुँदा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।

सहरी डिभिजन कार्यालयलाई पटक पटक ताकेदा गर्दा पनि ठेकेदारलाई कार्बाही नभएको सरोकारवालाको भनाइ छ । गाउँपालिकाले ठेकेदारलाई छलफलका लागि बोलाएपनि सम्पर्कमा नआएकोले कार्बाही प्रक्रिया अगाडी बढाउने प्रतिक्रिया दिएको छ । औरहीस्वास्थ्य केन्द्रमा दैनिक ९० जना भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);