सिलन्यासको ७ बर्ष बित्दा पनि बनेन स्वास्थ्य चौकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मदन वि.क.
बाजुरा, १४ मंसिर । बाजुराको छेडेदह गाउँपालिका को वडा नं. १ मा रहेको काँडा स्वास्थ्य चौकी भवन सिलन्यास गरेको ७ वर्ष भईसक्दा पनि निर्माण हुन सकेको छैन ।

२०६८ साल भाद्र ७ गतेका दिन उक्त भवनको सिलन्यास गरिएको थियो । १५ महिनाको अवधिमा भवन निर्माण सम्झौता गरिएपनि सो भवन निर्माण ७ बर्ष बितिसक्दा पनि बन्न नसकेको हो ।

स्वास्थ्य चौकीको भवन समयमै निर्माण नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि एउटै कोठामा सबै विरामीहरुको उपचार गर्नुपर्ने र स्वास्थ्य सम्वन्धि सबै सेवा एउटै कोठामा दिनु पर्ने बाध्यता रहेको छ ।

नेपाल सरकारको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रका भौतिक संरचनाहरु अनिवार्य हुनुपर्ने हो तर स्वास्थ्य भवन नै नहूँदा स्वास्थ्यकर्मीहरुले स्थानीयलाई सेवा दिन नसकिने स्वास्थ्यकर्मीको भनाई छ ।

नेपाल सरकार भवन तथा सहकाी डिभिजा कार्यलय दिपायलको आर्थिक सहयोगमा १ करोड ४ लाखमा लगानि रहेको छ । २०६८ साल भाद्र २८ गते राजेन्द्र निर्माण सेवाले २०६९ मंसिर मसान्त सम्म सम्पन्न गरिसक्ने गरी सम्झौता गरेको भएपनि अहिले सम्म सम्पन्न गर्न नसकेको हो ।

राजेन्द्र निर्माण सेवाका ठेकेदार भिम बहादुर साउद डडेलधुरा जिल्लाको पशुराम नगरपालिका मेयर पदमा निर्वाचित भएका छन् । भवन निर्माण नहुँदा बिरामीको उपचार सेवा र गर्भवतीलाई खुला चौरमा प्रसुति सेवा दिनुपर्ने बाध्यता रहेको छ ।

यता जिल्ला स्वास्थ्य कार्यलय बाजुराले भने सो भवनका लागि पटक पटक सहरी विकास कार्यलयलाई पत्रचार गरेको र तत्काल त्यस भवनका लागि काठको समस्या भएकोले तुरुन्त काम अगाडि वढाउने सहकारी डिभिजनले बताएको जिल्ला स्वास्थ्य कार्याल्य बाजुराले जनाएको छ ।

अहिले छेडेदह गाउँपालिका वडा नं. १ का स्थानीयहरुले सामान्य उपचार गर्न समेत १ दिनको पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);