नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआइभी संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआइभी संक्रमण

hiv/aids

शुक्रबार ३० औं विश्व एड्स दिवस मनाईंदै –

काठमाडौं, १४ मंसिर । मेरो स्वास्थ्य मेरो अधिकार“ भन्ने नाराकासाथ शुक्रबार ३० औं विश्व एड्स दिवस मनाईंदै छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाकारी गराएको हो ।

केन्द्रले नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआइभी संक्रमण भएको जनाएको छ । संक्रमित मध्ये २० हजार २ सय ३२ पुरुष र १२ हजार ५३ महिला रहेका छन् ।

नेपालमा एचआइभी संक्रमण भएका मध्ये १४ हजार ५ सय ४४ जनामात्र चिकित्सकको सम्पर्कमा आएका छन् । करिब ७० प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने केन्द्रको भनाइ छ ।

सरकारले एचआइभी रोकथामका लागि यस वर्ष ५० करोड रकम विनियोजन गरेको छ भने एचआइभी संक्रमितलाई निःशुल्क औषधिका लागि १४ करोड रकम छुट्याएको छ ।

सन् २०१० देखि २०१६ सम्ममा विश्वभर ११ प्रतिशतले संक्रमितको सङ्ख्या घटेको र बच्चामा हुने संक्रमण ४७ प्रतिशतले कमी आएको केन्द्रले जनाएको छ ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);