विश्व एड्स दिवस : नेपालमा एचआईभी संक्रमितको संख्या घट्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्व एड्स दिवस : नेपालमा एचआईभी संक्रमितको संख्या घट्दो

aids diwas2

काठमाडौं, १५ मंसिर । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नाराका साथ आईतबार ३२ औँ विश्व एड्स दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाईएको छ । एक दशक अघिसम्म महामारीको रुप लिने गरेको एचआइभी संक्रमण नेपालमा पछिल्लो समय घट्नुका साथै मृत्युदरमा समेत कमी आएको छ । यस रोगलाई अझै न्यनीकरणका लागि डटेर लाग्न पर्ने सरोकारवालाको बताउँछन ।

संक्रमणको दरलाई घटाउन र एड्सको महामारीलाई अन्त्य गर्ने दीगो विकास लक्ष्य सहित सरुवात गरिएको विश्व एड्स दिवस आईतबार नेपालमा पनि बिभिन्न जनचेतनामलक कार्यक्रम गरी मनाईएको छ । सन् २००७ मा नेपालमा वर्षेनी करिव दुई हजार जना नयाँ मानिसमा एचआइभी संक्रमण पुष्टि हुने गरेकोमा हाल घटेर करिव एक हजार तीन सयलाई मात्रै संक्रमण हुने गरेको छ । नेपालमा २९ हजार ९ सय ९४ जना एचआईभी संक्रमित रहेका छन । जसमध्ये १३ सय ७० जना बालबालीका छन् ।

नेपालमा करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ । सुईद्धारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेश धाउनेहरु र कैदीहरु लगायतको समूहमा एचआइभी संक्रमणको दर पाँच प्रतिशत भन्दा बढी छ । तर सामान्य जनसंख्यामा एचआइभी संक्रमण दर एक प्रतिशत भन्दा कम छ । पछिल्लो समय शशक्त कार्यक्रमका कारण पनि संक्रमणदर घटदै गएको सरोकारबालाको भनाई छ ।
aids diwas
सन् २००७ मा नेपालमा रहेका करिव ७० हजार एचआइआभी संक्रमित मध्ये वर्षेनी तीन हजार संक्रमितले ज्यान गुमाउने गरेका थिए । हाल वर्षमा दुई हजार दुई सय ६३ जना संक्रमितले ज्यान गुमाउने गरेको पाइएको छ । संक्रमति हुनेमा अहिले पनि पुरुष नै धेरै छन् । पछिल्लो समय संक्रमणदर घटेपनि अझै पनि संक्रमित सबै खुलेर आउन नसक्दा नियन्त्रणमा चुनौती देखिन्छ ।

पछिल्लो समय संक्रमित ब्यक्तिहरु पनि विस्तारी खुलेर आउने र औषधी नियमित सेवनकालागी आउने गरेकाछन । औषधी नियमित सेवन गरीरहेको संख्या भने १७ हजार ९ सय ८७ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);