नेपालमा ३१ हजार भन्दा बढीमा एचाआइभी संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा ३१ हजार भन्दा बढीमा एचाआइभी संक्रमण

फूलमाया आले
काठमाडौं, १५ मंसिर । एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ भन्ने नाराका साथ शनिबार ३१ औँ विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

एचआइभीको संक्रमणपछि सामाजिक प्रतिष्ठा समाप्त हुने र आमाबाबुलाई लागेमा छोराछोरीको समेत भविष्य वर्वाद हुने गरेको छ । झन एचआइभीका कारण बाबुआमा गुमाएका बालबालिकाको अवस्था त दयनीय रहेको भन्दै निशुल्क शिक्षा लगायतको व्यवस्था गरिदिन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

सन् २०१७ को अन्त्यसम्ममा विश्वभर ३ करोड ६९ लाख र नेपालमा मात्र ३१ हजार २० व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । एचआईभी एड्ससम्बन्धी जनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एचआइभी एड्स विरुद्धको दिवस मनाइन्छ ।

विश्वमा महामारीको रुपमा फैलिने रोग मध्येको दोस्रो रोग एचआइभी एड्स भएकाले सार्वजनिक स्थलमा कार्यक्रमको आयोजना गरी आम सर्वसाधारणकोबीचमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ । तर सरकारले पछिल्लो समय यस्ता कार्यक्रमहरु कम गर्दै लगेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।

पछिल्लो समयमा एचआइभीका बिरामीप्रति समाजको दृष्टिकोणमा परिर्वतन हुँदै गए पनि पिएल एचआइभी जस्ता जटिल किसिमका अप्रेसन गर्नुपर्ने अवस्थामा र एचआइभीका बिरामीको मृत्युपछि पोस्टमार्टम गर्नुपर्ने अवस्थामा केहि अस्पातालहरुले सहयोग नगर्ने गरेको उनीहरुको गुनासो छ ।

विगतको तुलनामा एचआइभी संक्रमितको संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । तर यसमा वैज्ञानिक अनुसन्धान गरिएको भने छैन । त्यसैले नेपालमा एचआइभी संक्रमित बालबालिकाको संख्या कति छ भन्ने एकिन तथ्याङ्क पनि छैन ।

एचआइभी संक्रमित तथा एचआइभीका कारण बाबुआमा गुमाएका बालबालिकाको अवस्था निकै दयनीय रहेकोले एचआइभी संक्रमित अध्ययन तथा अनुसन्धान गरी निशुल्क शिक्षा लगायतको व्यवस्था गरिदिन सरोकारवालाहरुले सरकारलाई आग्रह गरेका छन् ।

एचआइभीको संक्रमितले महङ्गो मूल्यमा औषधि खानुपर्ने बाध्यता भइरहँदा सरकारले एचआईभी संक्रमितलाई निशुल्क औषधि वितरण गरेको छ । नेपालमा एचआइभी संक्रमित व्यक्ति तथा बालबालिकाका लागि लक्षित गरी सञ्चालन गरिएका संस्थाहरु विदेशी संस्थाको आर्थिक सहयोगमा चलिरहेको छन् ।

पछिल्लो समय त्यसरी सहयोग गर्ने विदेशी संस्थाहरुसमेत खारेज हुँदै गइरहेका कारण यसको दायित्व सरकारमै थपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);