कांग्रेस संघीयता विरोधी अभियानमा लागेको प्रचण्डको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कांग्रेस संघीयता विरोधी अभियानमा लागेको प्रचण्डको आरोप

prachanda

काठमाडाैं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् ।

वामपन्थी नेता वामदेव क्षेत्रीद्धारा लिखित ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष दाहालले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागि परेको बताएका छन् ।

राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरु आउनु स्वभाविक भएको भन्दै उनले त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिंडेको प्रचण्डको दाबी छ ।

अध्यक्ष दाहालले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाईनमा काम भईरहेको दाबी गरे । प्राप्त उपलब्धिलाई संरक्षण गर्नु भन्दा प्रहार गर्ने तत्व बढ्दै गएको भन्दै उनले परिर्वतनकामी कम्युनिष्टहरुबीच अझै गंभीर ढंगले एकता गर्नुपर्ने आवश्यकता औल्याए । राजसंस्था फर्काउन लागेकाहरुको दुश्साहस आफुहरुका लागि चुनौतिपुर्ण रहेको भन्दै उनले त्यस तर्फ पनि सजग हुनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);