बुढिगण्डकी सम्झौता खारेजपछि प्रचण्डको आक्रोस: 'सरकार नै विकास विरोधी' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चितवन, २९ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले कांग्रेस सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग गरेको समझदारी खारेज गरेकोमा घोर आपत्ति जनाएका छन्।

चितवनमा आयोजित कार्यक्रममा बोल्दै नेता दाहालले सरकारले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी संविधान विपरित गएर सो समझदारी खारेज गरेको आरोप समेत लगाएका छन्।

सरकार मुलुकको आर्थिक समृद्धि र विकासको बाधक बन्न गएको पुष्टि भएको समेत उनले दाबी गरे। बुढिगण्डकी जलविद्युत आयोजना चीनलाई निर्माण गर्न दिने माओवादी नेतृत्वको सरकारले समझदारी गरेको थियो।

अध्यक्ष दाहालले मुलुकमा अप्ठयारो परिस्थिति आउन नदिन सरकारबाट हट्ने निर्णय नलिएको पनि स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);