नेपाल विद्यार्थी संघको महामन्त्रीमा त्रिपाठी मनोनीत | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

नेपाल विद्यार्थी संघको महामन्त्रीमा त्रिपाठी मनोनीत

काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत भएका छन्। नेवि संघको विधानबमोजिम त्रिपाठीलाई मंगलबार महामन्त्रीमा मनोनीत गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन्।

नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ। युवा नेता त्रिपाठीले यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सकेका छन्।