नेविसंघको अध्यक्षमा राजीव ढुंगाना मनोनित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना मनोनित

rajiv dhungana

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगानालाई मनोनीत गर्नुभएको छ । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमति अनुरुप देउवाले ढुंगानालाई अध्यक्ष मनोनीत गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै २०७५ फागुन १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ को धारा ४२ (१) (च) बमोजिम सभापति देउवाले नेविसंघ तदर्थ समिति गठन गरेको जनाएको छ । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गरिसक्ने कार्यादेश दिइएको छ ।

त्यस्तै देउवाले तदर्थ समितिको महामन्त्रीमा मनोज वैद्य काठमाडौं र महेश्वरी कुँवर पाल्पालाई मनोनीत गर्नुभएको बिज्ञप्तिमा जनाइएको छ । समितिलाई १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अधिकार दिइएको छ । तदर्थ कार्यसमितिमा रहेकाहरु १२ औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रवार सभापति देउवा, नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भागवण्डाको आधारमा नेबिसंघको तदर्थ कार्यसमिति बनाउने सहमति भएको थियो । ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले गत बर्षको माघ २८ गते राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन थियो ।

congress bigyapti

ताजा समाचार