नेविसंघको समानान्तर केन्द्रीय कमिटी घोषणा हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेविसंघको समानान्तर केन्द्रीय कमिटी घोषणा हुँदै

काठमाडौँ, २४ साउन । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले आज समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्य थप गरेपछि समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्न लागेको नेविसंघ नेता योगेन्द्र रावलले बताए ।

सभापति देउवाले गत २०७८ चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । त्यसको १६ महिनापछि केन्द्रीय समितिमा ७ सय १० जनालाई देउवाले नै मनोनयन गरे । सोही कारण नेविसंघमा विवाद उत्कर्षमा पुगेको छ ।

केन्द्रीय समितिमा छुटेका विद्यार्थी नेताहरूले सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेको भन्दै आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा भेलाको आयोजना गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);