लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न ट्रष्टका सहसचिवलाई सचेत | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न ट्रष्टका सहसचिवलाई सचेत

काठमाडौं, १६ माघ । सांसदहरुले सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सचेत गराएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा जवाफ दिने क्रममा सांसदहरुले मर्यादित बनेर जवाफ दिन सचेत गराएका हुन् ।

नेपाल ट्रष्टका सहसचिव ज्ञवालीले ट्रष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उच्च अदालत लगायत समितिमा समेत जवाफ दिन उपस्थित भएको बताउँदै कसले हेरेको कुरा सही मान्ने भन्ने प्रश्न गर्नुभयो ।

यस सँगै समिति सभापति भरतकुमार शाहले अन्य संस्थाहरुले के भने थाहा नभएको तर समितिको मर्यादा राखेर आउन सचेत गराउनु भयो । उहाँले भन्नुभयो ‘तपाईलाई यति पनि थाहा हुनुपर्ने हो खर्च सम्बन्धी ऐनले के व्यवस्था गरेको छ भने महालेखाले ल्याएको बेरुजुको उपर लेखा समितिले छलफल गरी संसदमा पेस गरे त्यो अन्तिम हुने छ त्यसको उपर सर्वोच्च अदालत बाहेक अरुले काट्न सक्दैन त्यति पनि थाहा होला अरु संस्थाले के भने भन्ने मलाई थाहा छैन र त्यो पढेर आउनु होला जवाफ दिनलाई पनि त्यस कारणले लेखा समितिमा आउँदा खेरी पाढे लेखेर आउनुहोला ।’

समिति सभापति शाहले ऐन नै पढेर सुनाउँदै समितिमा आउँदा बुझेर आउन सहसचिव ज्ञवालीलाई सचेत गराउनुभयो ।

सांसद डा. मिनेन्द्र रिजालले समितिमा अन्तिम भाषण दिन्छु भनेर नसोच्न आग्रह गर्नुभयो । उहाँले समितिमा बोलेका हरेक प्रस्तुतिको महत्व हुने बताउँदै समितिको मर्यादा राखेर उत्तर दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘सभापति महोदय मार्फत मैले अनुरोध गर्छु तपाईहरु जवाफ दिन बस्नु भएको छ लेखा समितिलाई, अन्तिम भाषण ठोकेर दिन्छु भनेर सोच्ने नगर्नुहोला तपाईहरुले अहिले दिएको जवाफको पनि अघि सुरुमा बोलेको प्रस्तुतिसँग बराबर महत्व छ र बराबरी नै त्यस्तै किसिमले आफ्नो निर्णय ग-यो भने त्यसलाई यत्तिकै ध्यान दिन जरुरी छ त्यसैले संसदको समितिको मर्यादा ध्यानमा राखेर उत्तर दिनुहोला ।’

सांसद रिजालले भन्नुभयो ‘गोकर्ण रिसोर्टका लागि २०१९ मा २०२५ मा समाप्त हुने लिज अवधि सम्झौता गर्नुप-यो कुन आधार छ मैले अहिले बुझ्न सकेको छैन आधार त चाहियो नि के काम गर्नका लागि ६ वर्षमा कसरी त्यो सम्पत्तिलाई व्यवस्थित गर्नलाई ६ वर्ष अगाडि लिज नदिने हो भने कोही पनि आउँदैन भन्ने आधार के हो ।’ उहाँले गणतन्त्र ल्याएर पूर्व राजाको सम्पत्ति सिमित व्यक्तिले फाइदा लिन प्रयोग भएको र यस विषयमा समितिले छानविन गर्नुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रकुमार केसीले ६ वर्ष अघि नै सम्झौता गर्नुले गलत मनसाय मार्फत निर्णय भएको बताउनुभयो । उहाँले यस्तो निर्णय गर्ने अधिकार नेपाल ट्रष्टलाई नभएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘दरवार मार्गकै सन्दर्भमा २०७३ सालमा प्रस्ताव भयो अव ०७५ मा आएर स्वीकृति गर्ने त्यो हुन्छकी हुँदैन प्रस्तावको पनि ३० दिनको कुरा होला टेक्नीकल समितिलाई अर्को १५/२० दिन चाहिएला, टेक्नीकल समितिले ६ र्अ भनिसकेपछि त्यसलाई वेवास्ता गरेर फेरी उल्ट्याउने अधिकार पनि भयो २०७३ सालको कुरा ०७६ सालमा तीनतीन वर्ष रोकेर फेरी त्यसलाई स्वीकृति गर्ने भनेको गलत मनसाय देखिन्छ ।’

सांसद तेजुलाल चौधरीले नेपाल ट्रष्टको जग्गा मूल्याङ्कन अनुसार नभई टेबुलमुनिबाट काम भएको भन्दै छानविन गर्नुपर्ने बताउनुभयो ।

नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवाली

बैठकमा प्रधनमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले समितिमा उठेका जिज्ञासा तथा प्रश्नहरुको प्रष्ट जवाफ नआएको स्वीकार गर्दै आफुलाई थप अध्ययन गरेर आउन दिन आग्रह गर्नुभयो ।

बैठकमा दरवारमार्ग, गोकर्ण, पोखरा र चितवनस्थित नेपाल ट्रष्टको जग्गा भाडामा दिएको सम्बन्धमा छलफल भएको हो । छलफलमा सांसदहरुले दरबारमार्गको जग्गाको कम मूल्यांकन भएको, गोकर्ण रिसोर्टको सम्झौता ६ वर्ष अघि नै नविकरण गरिएको भन्दै ट्रष्टका सहसचिवसँग प्रश्न गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);