वाइड बडी विमान खरिदमा गम्भिर त्रुटि : महालेखा परीक्षक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वाइड बडी विमान खरिदमा गम्भिर त्रुटि : महालेखा परीक्षक

tankamani sharma

काठमाडौं, १२ असोज । महालेखा परीक्षकको कार्यालयले दुई वटा वाइड बडी विमान खरिदमा गम्भिर त्रुटि भेटिएको जनाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले २ वटा वाईड बडि विमान खरिद प्रक्रिया र मूल्य निर्धारण दुवै हिसावले त्रुटिपूर्ण रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा सार्वजनिक लेखा समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विमान खरिद प्रक्रियाबारे विस्तृतमा अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसका लागि मूल्य खुल्ने गरी यथार्थ विवरण महालेखा परीक्षकको कार्यालयमा पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमलाई निर्देशन दिइएको उनले बताए ।

महालेखा परीक्षक शर्माले सो विमान खरिद उत्पादक कम्पनीसँगै खरिद गर्नुपर्ने नेपाल वायु सेवा निगमको विनियमावली विपरित रहेको र लागत मूल्य समेत पारदर्शी हुन नसकेपछि समितिले सो सम्बन्धमा विस्तृत लेखा परीक्षण गर्न सम्बन्धित मन्त्रालयलाई नै यथार्थ विवरण पेश गर्न सचेत गराउनु परेको स्पष्ट पारे ।

सांसदहरुले वाईडबडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै तत्सम्बन्धमा जानकारी गराउन आग्रह गरेपछि महालेखा परीक्षक शर्माले खरिद प्रक्रिया पारदर्शी नभएको जवाफ दिएका हुन् ।

महालेखा परीक्षक शर्माले दण्डहिनताको अवस्था भएकाले मुलुकमा बेरुजु बढ्दै गएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराएका थिए । बैठकमा सांसद राजेन्द्रकुमार केसीले सो वाईडबडि विमान सार्वजनिक खरिद ऐन विपरित रहेको भन्दै आपत्ति जनाए ।

महालेखा परीक्षक शर्माले बेरुजु हुन नदिन आफूले स्थानीय तहको लेखा परीक्षणको कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे । उनले स्थानीय तहको लेखा परीक्षणको कामलाई अघि बढाउन आवश्यक जनशक्ति परिचालन गरिएको स्मरण गराए ।

बैठकमा समितिका सदस्य विरोध खतिवडाले लेखा परीक्षण गर्न नचाहने संस्थाहरुलाई के गर्न सकिन्छ भनि महालेखा परीक्षक शर्माको ध्यानाकर्षण गराएका थिए । उनले संसदीय समितिले लेखा परीक्षणका लागि कस्तो सहयोग गर्नुपर्छ भनि प्रश्न गरे। जवाफमा महालेखा परीक्षक शर्माले लेखा परीक्षण नगर्नेलाई पदीय जिम्मेवारी नदिने कानुनी व्यवस्था गर्न समितिका सदस्यहरुलाई आग्रह गरे ।

समितिको बैठकमा महालेखा परीक्षक शर्माले लेखा परीक्षण नगर्ने सरकारी संस्थानहरु दर्जनौं भएको जानकारी गराउँदा पनि विगतमा सरकारले आवश्यक कार्वाही गर्न नसकेको  स्मरण गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);