दक्षिणकालीका २ विद्यालय पुन:निर्माण गरी हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दक्षिणकालीका २ विद्यालय पुन:निर्माण गरी हस्तान्तरण

School-Building

काठमाडौं, १२ असोज । २०७२ सालको महाभुकम्पले ध्वस्त भएका राजधानीका २ विद्यालय पुननिर्माण गरि विद्यालय समितिलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई र काठमाडाैं जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले शुक्रबार काठमाडौका पुन:निर्माण सम्पन्न भएका दुइ वटा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ८ स्थित श्री कृष्ण माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित श्री सेतीदेवी माध्यमिक विद्यालयको ४ कोठे आरसिसि भवन विशेष कार्यक्रम गरि विद्यालय व्यस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

श्रीकृष्ण माध्यमिक विद्यालय ६४ लाख ६७ हजार र सेतीदेवी मावि ६४ लाख ८५ हजार ५ सय ९६ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

विद्यालय हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै काठमाडौ क्षेत्र नम्बर १० का सांसद राजेन्द्र कुमार केसीले विद्यालय पुननिर्माणको क्षेत्रमा राम्रो कामको सुरुवात भएको बताए ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले काठमाडाैं जिल्ला आयोजना कार्यान्वय इकाईले विद्यालय पुननिर्माणमा गरेको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय ईकाई (शिक्षा) काठमाडौका प्रमुख अर्जुन बहादुर रायमाझीले निर्माण सम्पन्न भएका दुवै विद्यालयलाई भविष्यमा पनि आवश्यक सहयोग गर्न इकाई प्रतिवद्ध रहेको बताए । महाभुकम्पका कारण क्षतिग्रस्त भएका कयाैं विद्यालय तीन बर्ष वितिसक्दा पनि अझै पुननिर्माण हुन सकेका छैनन् ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण क्षतिग्रस्त विद्यालय भवनको पुननिर्माण कार्यक्रम अन्र्तगत बन्ने भवनको पुननिर्माण कार्यविधि २०७३ अनुरुप मिति २०७४ कात्तिक १३ गतेको सम्झौता अनुसार अन्तिम प्राविधिक निरीक्षण समेत शिक्षा ईकाई ले दुवै विद्यालयलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);