काठमाडौंको पदमोदय माविको भवन पुनर्निर्माण गरि हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौंको पदमोदय माविको भवन पुनर्निर्माण गरि हस्तान्तरण

काठमाडौं, १२ पुस । भूकम्पले क्षति पु-याएको काठमाडौंको पुतलीसडकस्थित पदमोदय माध्यामिक विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको सो भवन बिहीबार एक समारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

एशीयाली विकास बैंकको ५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनमा पुस्तकालय, ल्यावसहितका २७ वटा कोठा रहेका छन् । सो भवनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीतिक संक्रमणकालका कारण भूकम्पले क्षति पु-याएको विद्यालय भवन पुनर्निर्माणको काममा केही ढिलाई हुन गएको स्पष्ट पारे ।

उनले एक वर्ष भित्र भूकम्पले क्षति पु-याएको विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गरीसक्न पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरे । त्यस अवसरमा मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सार्थक बनाउन शिक्षालाई विकाससँग जोड्ने गरी गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय तथा विश्वविद्यालयहरुलाई आह्वान गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय परिवारलाई आग्रह गरे । उनले सामूदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको संयुक्त पहलको आवश्यक्तामा पनि जोड दिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गरिएको सो विद्यालय भवन गुणस्तरीय शिक्षाका लागि उपयोगी हुने विश्वास पनि व्यक्त गरे ।

२०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षति पु-याएको सो विद्यालय भवनको पुनर्निर्माणको काम १ वर्ष ३ महिना भित्र सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त खरेल र विद्यालयका प्रधानाध्यापक मिनाकुमारी कोइरालाले भूकम्प प्रतिरोधी २७ कोठे चारतले भवन निर्माण गरेर हस्तान्तरण गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति आभार व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);