प्राधिकरणले सिंहदरबारको रेट्रोफिटिङ गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्राधिकरणले सिंहदरबारको रेट्रोफिटिङ गर्ने

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको रेट्रोफिटिङ (प्रवलीकरण) गर्ने तयारी गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख एवम् सहसचिव राजुमान मानन्धरले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको पुनर्निर्माण नभई रेट्रोफिटिङ गर्ने तयारी गरिएको जानकारी दिए ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सिंहदरबारको रेट्रोफिटिङका लागि केही दिनमै आवश्यक निर्णय लिने स्पष्ट पारे । भूकम्पले सिंहदरबारको मूल भवन ध्वस्त नभई केही भाग चर्किएको प्राधिकरणको दावी छ ।

प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको कामलाई पुसबाट सुरु गर्ने पनि जनाएको छ । प्राधिकरणका सहसचिव मानन्धरले काष्ठमण्डप पुनर्निर्माणको काम पुसबाट सुरु हुने बताए ।

उनले काठमाडौं महानगरपालिकाले आर्थिक चलखेल गर्ने चर्चा भएपछि त्यसको पुनर्निर्माणको लागि उपभोक्ता समिति नै गठन गर्नु परेको स्पष्ट पारे । प्राधिकरणले सर्वोच्च अदालतले आदेश दिएसँगै रानी पोखरी पुनर्निर्माणको काम अघि बढाउने बाटो खुला भएको जनाएको छ ।

प्राधिकरणले भूकम्पले क्षति पु¥याएको सम्पदा तथा सार्वजनिक भवन पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म १६ वटा सार्वजनिक भवन पुनर्निर्माणको काम सम्पन्न गरिएको र बाँकि २ सय ३० वटा भूकम्पले क्षति पु¥याएको सार्वजनिक भवन पुनर्निर्माणको काम पनि तोकिएकै समय भित्र सम्पन्न गर्ने सहसचिव मानन्धरले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);