भूकम्पबाट क्षति भएका ऐतिहासिक दरबारको पुनर्निर्माणको काम तीब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

भूकम्पबाट क्षति भएका ऐतिहासिक दरबारको पुनर्निर्माणको काम तीब्र

काठमाडौं, १४ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरुको पुननिर्माणको काम तीब्र गरितमा भइरहेको बताएको छ । दरबारहरुको मौलिकताको अधिकम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको प्राधिकरणले बताएको हो ।

काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधि मार्फत पुननिर्माणको काम भइराखेको हो प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण पुननिर्माण कार्य आगामी मंसिर महिना भित्रमा सम्पन्न हुनेछ ।

उक्त भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ । त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुननिर्माणले पनि तिब्रता पाएको छ ।

त्यस्तै काठमाडौंको केसरमहल दरबारको पूनर्निर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुननिर्माण हुन लागेको हो । बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको छ ।बालमन्दिरको पुननिर्माणमा १५ प्रतिशत प्रगति भएको छ ।

चारवटै दरबारको पुननिर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नविग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । कोरोनाका कारण दरवारहरुको पुनर्निर्माण समयमै सक्न चुनौती थपिएको पनि प्राधिकरण्को भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);