भुकम्पले क्षति पुर्याएको छ वर्ष पछि सिंहदरबारको पुनः निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भुकम्पले क्षति पुर्याएको छ वर्ष पछि सिंहदरबारको पुनः निर्माण सम्पन्न

काठमाडाैं, ३ फागुन । भुकम्पले क्षति पुर्याएको छ वर्ष पछि सिंहदरबारको पुनःनिर्माण सम्पन्न २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार पुनःनिर्माण सम्पन्न भएको उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ ।

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो अब उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्ने बताईएको छ ।

भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।

पुननिर्माण प्राधिकरणका अनुसार सिंहदरबार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् पुनःनिर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक ८७ करोड रुपौयाँ खर्च भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);