नितेश कर्ण
पर्सा, ३ फागुन । कोभिडका कारण अरु व्यवसाय जस्तै थला परेको मूर्ति बनाउने व्यवसायलाई अहिले भने केहि राहत मिलेको छ । नजिकिदै गरेको सरस्वती पूजाका लागि सरस्वतीका मूर्ति बनाउन कालीगढलाई भ्याईनभ्याई छ ।
विशेष गरी विद्यार्थी र विद्यालयमा मनाईने सरस्वती पूजाको पुर्व सन्ध्यामा मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन र सजावटमा व्यस्त रहेका छन् । विशेष गरी सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा लगायतका पूजाहरुमा माटाका मूर्तिका माग बढी हुने गरेको छ ।
यस अघिका विश्वकर्मा पुजा दुुर्गा पूजा लगायतका कार्यक्रम कोभिडका कारण प्रभावित बनेपनि सरस्वती पूजाका लागि भने मूर्तिहरु विक्रि भएकाले केहि राहात भएको मुर्तिकारहरु बताउँछन् ।
अहिले अबस्था सामान्य भएपनि अघिल्लो वर्षको तुलनामा भने यस वर्ष सरस्वतीको मूर्ति बिक्रीमा भने कमि आएको छ । मूर्तिको आकार अनुसार २ हजार देखी ५ हजार सम्म मूर्ति बिक्री हुने गरेको छ ।





