काँग्रेसले मंगलबार केन्द्रिय कार्य समिति बैठक बोलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काँग्रेसले मंगलबार केन्द्रिय कार्य समिति बैठक बोलायो

nepali congress

काठमाडौं, १८ कात्तिक । नेपाली काँग्रेसले आगामी मंगलबार केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ । महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आगामी २० गते मंगलबार बोलाइएको हो ।

महासमिति बैठक र त्यसको तयारीका विषयमा छलफल गर्न केन्द्रिय कार्य समितिको बैठक बोलाइएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

मंसिर पहिलो साता बस्ने भनिएको महासमिति बैठक तयारी नपुगेपछि केही समय पछि सार्न काँग्रेसले केन्द्रिय कार्य समिति बैठक बोलाएको हो । विधान संशोधनका लागि मस्यौदा तयार पार्न गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन समेत तयार नभएकाले महासमिति बैठक केही दिन पछि सर्न सक्ने सहमहामन्त्री महतले बताए ।

पार्टी संस्थापन पक्षका नेता समेत रहेका उनले महासमिति बैठक पछि सार्ने आफूहरुको कुनै मनसाय नरहेकोे बताए । नेपाली काँग्रेसको आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिन पछि सार्ने संस्थापन पक्षको तयारी छ ।

चाडबाड लगायतका कारण महासमिति बैठक पर सर्न सक्ने सहमहामन्त्री महतले बताए । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनको कामलाई तीव्रता दिइएको पनि काँग्रेसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);