विजयकुमार गच्छदार काँग्रेस उपसभापतिमा मनोनित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विजयकुमार गच्छदार काँग्रेस उपसभापतिमा मनोनित

Bijaya Gachhadar

महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म

काठमाडौं, २० कात्तिक । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको मंगलबार सानेपामा बसेको बैठकले पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित  गरेको छ ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट पार्टीमा समाहित भएका गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरिएको हो । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकता गर्ने क्रममा भएको सहमति अनुसार केन्द्रिय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरिएको नेता रमेश लेखकले बताए ।

बैठकले तत्कालीन लोकतान्त्रिक फोरमका अन्य नेता तथा जनवर्गीय संगठनलाई पार्टीमा विधिवत रुपमा समाहित गराउन पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म

यसैगरी नेपाली काँग्रेसले पार्टी महासमिति बैठकको मिति सारेको छ । मंगलबार सानेपामा बसेको बैठकले तयारी नपुग्ने निष्कर्ष निकाल्दै महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

मंसिर ५ गतेदेखि ९ गतेसम्म आयोजना गर्ने भनिएको महासमिति बैठक दसैं, तिहार, छठ, नेपाल संवतलगायतका कार्यक्रममा कारण प्रभावित हुने भएकाले पछि सार्ने निर्णय गर्नु परेको नेता रमेश लेखकले बताए ।

काँग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदा समितिमै पार्टीको संगठन संरचनाका विषयमा नेताहरुबीच विवाद सुरु गरेको छ । त्यसैगरी राजनीतिक तथा आर्थिक प्रतिवेदन तयारीको काम समेत चाडबाडका कारण प्रभावित भएपछि विधान संशोधन गर्ने मुख्य एजेन्डासहित काठमाडौंमा आयोजना गर्न लागिएको महासमिति बैठक पुनः पछि सारिएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);