कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन अाइजिपीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन अाइजिपीकाे निर्देशन

काठमाडौं, २० कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

महानिरीक्षक खनालले कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन कुकुर प्रशिक्षण तथा तालिम केन्द्रका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । कुकुर तिहारको अवसर पारेर महाराजगंजस्थित कुकुर प्रशिक्षण तथा तालिम केन्द्रमा तालिम प्राप्त कुकुरलाई सम्मान गरेपछि उनले अनुसन्धानका लागि कुकुरलाई दक्ष बनाउन सक्दो पहल गर्ने योजना पनि अघि सारे । कार्यक्रममा कुकुर स्मारकको पनि अनावरण गरिएको छ ।

सोही अवसरमा महानिरीक्षक खनालले कुकुर प्रशिक्षण तथा तालिम केन्द्रकी प्रमुख डा. देउती गुरुङलाई वरिष्ठ प्रहरी उपरीक्षकको दज्यानी चिन्ह लगाई दिएका छन् । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको अवसर पारेर तालिम गरेका कुकुरहरु मध्ये उत्कृष्ट काम गरेका कुकुरलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

नेपाल प्रहरीको कुकुरलाई अपराध अनुसन्धानको अतिरिक्त विशिष्ट व्यक्तिहरुको सुरक्षाका लागि पनि परिचालन गर्ने गरिन्छ । तिहारको दोस्रो दिन कुकुर तिहारको अवसर पारेर कुकुरलाई पुजा गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);