कञ्चनपुरको पश्चिमी सिमा नाकामा लिलि नामक कुकुरलाई परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कञ्चनपुरको पश्चिमी सिमा नाकामा लिलि नामक कुकुरलाई परिचालन

कञ्चनपुर । चाडपर्वलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो । सीमा क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न तालिम प्राप्त कुकुर मार्फत चेकजाँच थालिएको हो ।

चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले सोमवारबाट गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरले जनाएको छ ।

नाका भएर प्रतिबन्धित अवैध हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध भित्रिन सक्ने र चाडपर्वका बेला शान्ति सुरक्षामा चुनौती हुन सक्ने भएकाले कुकुरको प्रयोग गरेर चेकजाँच गरिएको हो ।

कुकुर लागुऔषध पदार्थहरु पत्ता लगाउनमा दक्ष रहेको प्रहरीको दावी छ । कुनै व्यक्ति वा अपराधिक गिरोहले लागुऔषध वा हतियार, विष्फोटक लुकाइ छिपाई ल्याउने प्रयास गरेमा तालिम प्राप्त कुकुरले सजिलै पत्ता लगाउने प्रहरीले बताएको छ ।

चाडपर्व नजिकिएसंगै गड्डाचौकी नाका र गौरीफान्टा नाका भएर दैनिक दुई हजारको हाराहारीमा रोजगारीकालागी भारत गएका नेपालीहरु स्वदेश फर्किन थालेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);