कर्णालीका संरचना अझै लुम्बिनीमा  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कर्णालीका संरचना अझै लुम्बिनीमा 

सुर्खेत। भेरी अञ्चल हुँदा स्थापना भएका सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन भइरहेका हुन् ।कर्णाली प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखा कर्णाली प्रदेशमा अझै स्थापना हुन सकेको छैन । कर्णालीमा पूर्वाधारको अभाव देखाउँदै तालिम केन्द्र र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन हुँदै आएको छन् ।यस्तै, संघीय प्रहरी इकाई, लागुऔषध शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगन्जबाटै सञ्चालित छन् । कुकुर शाखा पनि उतै हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता छ । जसले गर्दा अपराध अनुसन्धानमा ढिलाइ हुने गरेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् । प्रहरीको तालिम केन्द्रका लागि १५ देखि २० बिघा जमिन चाहिन्छ । सोही अनुसारको जग्गाको संरचना वीरेन्द्रनगरमा अभाव देखिन्छ ।कर्णाली प्रदेशका कानुनमन्त्री हिमबहादुर शाही संघीय सरकार अगाडि नबढ्दा समस्या आएको बताउँछन् । ‘प्रदेश प्रहरी संगठनको बारेमा कानुनी मान्यताका हिसाबले पहिलो कुरा त संघ अगाडि बढ्नुपर्ने हो तर खासै ध्यान नजाँदा समस्या भएको हो’, मन्त्री शाहीले बताए ।

प्रदेश प्रहरी कार्यालयले यसअघि नै भौतिक पूर्वाधार नहुँदा प्रदेश मातहतका तालिम केन्द्र र तालिमप्राप्त कुकुर बाँके मै राख्नुपरेको बताएको थियो । कानुनी अड्चन र भौतिक पूर्वाधार अभावले संरचना आउन नसकेको प्रहरीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);