पाँचथर बाढीमा बेपत्ताकाे खाेजीमा कुकुर परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाँचथर बाढीमा बेपत्ताकाे खाेजीमा कुकुर परिचालन

पाँचथर । एक साता अघि बाढीले बगाएर बेपत्ता भएका पाँचथरको फिदिम नगरपालिका-६ सिवाका प्रेम आले मगरको शव फेला परेको छ ।
मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका उनकाे शव शिवा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बमाैसमी वर्षाका कारण गत साता पाँचथरमा बाढीपहिराे आएकाे थियाे । यी घटनामा पाँचथरमा मात्र ३१ जनाले ज्यान गुमाएमा छन् । बाढीपहिरोमा परी मिक्लाजुङ गाउँपालिकाका तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि प्रहरीको तालिम प्राप्त कुकुर झिकाइएको छ ।

तालिम प्राप्त कुकुरसहितको टोली हिजो मिक्लाजुङ-४ रबि आइपुगेको र खोजी कार्य सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);