आरुबोटे हत्याकाण्ड : स्थानीय भन्छन्–एकजना मात्रले हत्या गर्न असम्भव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आरुबोटे हत्याकाण्ड : स्थानीय भन्छन्–एकजना मात्रले हत्या गर्न असम्भव

aarubot hatyakanda

पाँचथर, ९ जेठ ।  सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त प्रमाण लिएर फर्किए पनि सीआइबिकै अर्को टोलीको नेतृत्वले स्थलगत अनुसन्धान जारी राखेको उपरीक्षक कुँवरले बताए । “थप प्रमाण जुटाउन अनुसन्धान जारी रहन्छ” प्रहरी नायब उपरीक्षक कुँवरले भने, “घटनामा संलग्नको पहिचानका लागि प्राप्त प्रमाणलाई विधिविज्ञान प्रयोगशालामा अनुसन्धान हुनेछ ।”

मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको बिभत्स हत्यामा बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमलाई प्रहरीले मुख्य अभियुक्त ठह¥याएको छ । माखिमको शव मङ्गलबार उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो । माखिमको शव फेला परेको स्थानबाट करीब १० मिनेटको पैदल दुरीमा रहेको मिक्लाजुङ गाउँपालिका–८ को मालबाँसे जङ्गलमा रगत लत्पतिएको दापसहितको एक थान खुकुरी, रगत लत्पतिएका तीन थान टिसर्ट, एक थान झोला, एक जोर चप्पल र एक थान हाफपाइन्ट फेला परेको थियो ।  यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);