पसलमा लुकाई राखेको गहनासहित एक जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

पसलमा लुकाई राखेको गहनासहित एक जनालाई पक्राउ

बीरगञ्ज, १६ फागुन । बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ माईस्थान स्थित एक गहना पसलमा लुकाई राखेको करिब २५ केजी २६४ ग्राम विभिन्न प्रकारका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

गहना पसलमा खान तलासी गर्दा पसलको सेफ(लकर) भित्र चाँदीका गरगहना १३ किलो १०४ ग्राम र पसल भित्र रहेको कालो झोला भित्र विभिन्न चाँदीका गरगहना १२ किलो ५६ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

माईस्थान स्थित शुभलाभ गहना पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पसलमा छपामारी गरी उक्त परिमाणको चाँदीका गरगहना बरामद गरेका हुन बरामद गहना सहित प्रहरीले पसलमा रहेका विराट सर्राफलाई पक्राउ गरेको हो ।

पसलका संचालक भने फरार रहेको तथा उनको खोजी भइ रहेको खनालले बताए।चाँदीका गहनाहरु आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);