प्रधानमन्त्री ओलीद्वारा झापाको कमल खोलाको पुल र दमकस्थित औद्योगिक पार्कको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा झापाको कमल खोलाको पुल र दमकस्थित औद्योगिक पार्कको उद्घाटन

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षपछि रोजगारीका लागि कोही नेपाली विदेश जानु नपर्ने दावी गर्नुभएको छ । आइतबार गृहजिल्ला झापामा चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै रोजगारीको वातावरण बनिरहेको बताउनुभयो ।

चिनियाँ पार्क निर्माणका लागि दुई अर्ब रुपैयाँ विनियोजन भइसकेको र दुई वर्ष भित्र पार्क निर्माणले उल्लेख्य गति लिने र सो पार्क निर्माण पूरा भएसँगै लाखौंको संख्यामा रोजगारी सृजना हुने उहाँले बताउनुभयो । यस्तै उहाँले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग छिट्टै वार्ता गर्ने सरकारको तयारी रहेको समेत जानकारी दिनुभयो ।

सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । विध्वंश्वात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको हो । तर पछिल्लो समय सो पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताइसक्नुभएको छ । प्रधानमन्त्री ओलीले उक्त पार्टीसंगको वार्ता निष्कर्ष पुर्याएरै छाड्ने बताउनुभयो ।

झापामा १ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो । पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने बताइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्नुभएको छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने ३१ वटा पुलको एकैपटक उनले शिलान्यास गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);