पाकिस्तानमा टीएलपीमाथि सरकारले लगाएको प्रतिबन्ध हट्यो, निर्वाचनमा प्रतिष्प्रर्धा गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पाकिस्तानमा टीएलपीमाथि सरकारले लगाएको प्रतिबन्ध हट्यो, निर्वाचनमा प्रतिष्प्रर्धा गर्न पाउने

एजेन्सी । पाकिस्तान सरकारले प्रतिबन्धित मुस्लिम समूह तेहरिक इ लबिक पाकिस्तान टीएलपी लाई निर्वाचनमा प्रतिष्प्रर्धा गर्न अनुमति दिने भएको छ । यसै साता सरकार र सो समूहबीच वार्ता भएको थियो । सरकारले जेलमा रहेका समूहका २०० कार्यकर्तालाई रिहाई गर्ने तयारी गरेको छ ।
 
दुई पक्षबीच भएको वार्तामा टीएलपीले आफ्ना हिंसात्मक गतिविधि त्याग्ने सहमति जनाएको छ । त्यस्तै, टीएलपीले फ्रान्सविरोधी गतिविधि नगर्ने जनाएको छ । फ्रान्सको व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापएपछि समूहले पाकिस्तानस्थित फ्रान्सेली राजदूतलाई देशनिकाला गर्न सरकारसँग माग गरेको थियो । त्यस्तै, पाकिस्तानस्थित फ्रान्सेली दूतावास बन्द गर्न पनि समूहले माग गरेको थियो ।  
 
एक साताअघि सो समूहले गरेको गरेको हिंसात्मक प्रदर्शनका क्रममा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको थियो । टीएलपीले हिंसात्मक गतिविधिलाई तीब्रता दिएपछि प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले एक वर्षअघि सो समूहमाथि प्रतिबन्ध लगाएका थिए । प्रतिबन्धपछि सो समूहका नेता सद रिजभीलाई पक्राउ गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);