पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टि

काठमाडौं, १७ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि भएको छ । भारतको नयाँ दिल्लीमा उपचाररत भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले पुष्टि गरेका हुन् ।

भटट्टराईको वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको उनका सहयोगी विश्वदीप पाण्डेले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। क्यान्सर नदेखिएको भएपनि भट्टराईमा भएको ट्युमरलाई भने केही महिनाभित्रै शल्यक्रिया गर्नुपर्ने चिकित्सकको भनाई छ ।

समय मै शल्यक्रिया नगरिएमा भने ट्युमरमा क्यान्सर संक्रमण हुन सक्ने जोखिम कायमै रहेको चिकित्सकहरुले बताएका छन् । भट्टराई यही फागुन ११ गतेबाट भारतको दिल्लीस्थित यकृत एव पित्त विज्ञान संस्थानमा भर्ना भएर स्वास्थ्य परीक्षण गराइरहेका थिए भने फागुन १८ गते मंगलबार नेपाल फर्किने भएका छन् ।

Leave a Reply

ताजा समाचार