संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको ट्युमरको सफल शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ ।

शुक्रबार काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो । भट्टराई पत्नी हिसिला यमीले ट्विट गर्दै भट्टराइको शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् ।

भट्टराईलाइ अपरेशनका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको थियो । अपरेशन सफल भएपछि यमीले तस्विर सार्वजनिक गर्दै शल्यक्रिया सम्पन्न भएको उल्लेख गरेकाे हो ।

शल्यक्रियाका लागि भट्टराई हिजै अस्पताल भर्ना भएको थिए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।

वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए । शल्यक्रिया गरेर ट्युमर चाँडै नै फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);