मुटुको जटिल शल्यक्रिया सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुटुको जटिल शल्यक्रिया सफल

mutuko operation

काठमाडौं, ९ भदौ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड टान्सप्लान्ट सेन्टरमा ३८ हप्ताको गर्भवतीको अत्यन्तै दुर्लभ र जटिल मानिने मुटुको शल्यक्रिया सफल भएको छ ।

बिहीबार बिहान १० बजेबाट सुरु गरिएको उक्त शल्यक्रिया बेलुका ५ बजे मात्र सकिएको थियो । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड टा«न्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो ।

रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो । मुटुरोग विशेषज्ञ डा. भट्टराईले ३८ हप्ते गर्भवतीको मुटुबाट निस्कने मुल नली (एओर्टा) फुट्न लागेको अवस्थामा मुटुको सर्जरी सफल रुपमा सम्पन्न गरिएको जानकारी दिए ।

एकातिर ३८ हप्ताको गर्भवती महिलाको मुटुको नली फुटेको शल्यक्रिया गर्नुपर्ने, अर्कोतिर महिलाबाट जन्मने बच्चालाई पनि बचाउनुपर्ने अवस्था थियो, डा. भट्टराइले भने,“जटिलताका बीचमा पनि सात घण्टा लामो शल्यक्रियाबाट बच्चा र आमा दुवैलाई बचाउन सफल भइयो ।”

सुरुमा आमाको शल्यक्रिया गरी बच्चा निकाल्यौं, भट्टराईले भने, “बच्चा बेहोस अवस्थामा निकालिएको थियो, बच्चालाई भेन्टिलेटरमा राखियो ।” बच्चा तीन घण्टापछि होसमा आएको उनले बताए ।

बच्चा निकालेको केहीबेरमै सात घण्टा लामो मुटुको शल्यक्रिया गरेर दुवैलाई बचाउन सफल भएको डा. भट्टराइको भनाइ छ । अहिले आमा, छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि उनले दिए।

यो खबर आजको गाेरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);