राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो छातीको शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बेलाबेलामा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको जानकारी दिनुभएको छ । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ ।

गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पु¥याइएको हो । त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो छातीको शल्यक्रिया भएको हो । अस्पतालका अनुसार राष्ट्रपतिको मुटुको धड्कनलाई सामान्य राख्न छातीको शल्यक्रिया गरेर स्थायी पेसमेकर राखिएको छ ।

अस्पतालका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्। हाल पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत मंगलबार पौडेलको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचारका क्रममा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो ।

राष्ट्रपति पौडेल अढाई महिनामै पाँचौँ पटक अस्पताल भर्ना भएको हो । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);