६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयाे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयाे

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ । अतिविपन्न परिवारकी मुटुरोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठ्माण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको हो ।

बालिकाको मुटुमा दुईवटा प्वाल भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको ‘मुटुरोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । ज्वरोको समस्याले थलिएपछि गत २८ असारमा नोबेल अस्पताल विराटनगर पुर्‍याइएपछि बालिकालाई मुटुको रोग भएको पुष्टि भएको हो ।

आफ्नो घर जग्गा नभएका तथा छाप्रो बनाएर बसिरहेका पौडेल परिवारकी बालिकालाई आफन्त तथा शुभेच्छुकबाट संकलन गरिएको ४० हजार खर्चमा विराटनगर लगिएको थियो । सिर्जनाको मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिए पनि उमेरअनुसार तौल नहुँदा तीन महिनापछि शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनको तौल हाल साढे १२ केजी मात्र छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);