हुम्लाका तीन गाउँपालिकाका तीन हजार बढी बालबालिकाले लगाए मोर्डना खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हुम्लाका तीन गाउँपालिकाका तीन हजार बढी बालबालिकाले लगाए मोर्डना खोप

सिमकोट । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको मोर्डना खोप लगाउने पहिलो चरणको अभियान सम्पन्न भएको छ । पुस पाँच गते एक दिन ढिला गरी सञ्चालन भएको मोर्डना खोप लगाउने अभियान सम्पन्न भएको हो । जिल्लाको सिमकोट, खार्पुनाथ र अदानचुली गरी तीनवटा गाउँपालिकाका तीन हजारभन्दा बढी बालबालिकाले मोर्डना खोप लगाएका छन् ।

जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म रहेका ११ सय ६३ जना बालबालिकाले कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएका हुन् ।

चारदिनको अवधिमा अदानचुलीमा रहेका ११ सय बढी बालबालिकालाई मोर्डना खोप दिइएको हो । सोही गाउँपालिकामा रहेका १२ सय २९ जना बालबालिकालाई मोर्डना खोप लगाउने लक्ष भए पनि खोप अपुगका कारण केही बालबालिका खोप लगाउनबाट वञ्चित रहेको जानकारी प्राप्त भएको छ ।

यस्तै खार्पुनाथ गाउँपालिकाले ६ सय ३ जना बालबालिकालाई मोर्डना खोप लगाएको गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । खार्पुनाथ गाउँपालिकाले दुई सय ४९ जना बालक र तीन सय ५४ जना बालिका गरेर ६ सय ३ जनालाई मोर्डना खोप लगाएको संयोजक शाहीले बताए ।

संयोजक शाहीका अनुसार बाँकी छुटफुट रहेका बालकालिकालाई समेत खोप दिइने भएको छ । खार्पुनाथमा रहेको १४ वटा खोप केन्द्रका लागी ५४ जना सहयोगी र २८ जना स्वास्थ्यकर्मी परिचालित रहेको उनले बताए । स्वास्थ्य सेवा कार्यालय हुम्लाले खार्पुनाथका लागि सात सय २० डोज मोर्डना खोप उपलब्ध गराएको थियो ।

यसै गरी सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले १४ सय १६ जना बालबालिकालाई मोर्डना खोप लगाइएको गाउँपालिका संयोजक नरबहादुर भण्डारीले जानकारी दिए ।

वडा एकदेखि आठसम्म रहेका आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका मोर्डना खोप लगाइएको संयोजक भण्डारीले बताए स्वास्थ्य सेवा कार्यालय हुम्लाले मोर्डना खोप कम उपलब्ध गराएका कारण अझै अधिकांश बालबालिका खोप लगाउनबाट छुटेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);