उपत्यकामा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप लगाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपत्यकामा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप लगाउन सुरु

काठमाडौं । सरकारले उपत्यकामा बुधबाट १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ । सरकारले कोभिड खोप अभियान ४ पुसदेखि सुरु गरेको हो ।

यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको दोस्रो मात्राको अभियान २ देखि १२ माघसम्म चल्नेछ । सरकारले यस खोपलाई पूर्ण रूपमा सुरक्षित भएको बताउँदै खोपलाई निर्धक्क भएर लगाउन बालबालिकालाई प्रेरित गर्न सबैलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशन गरी १२ देखि १७ वर्षका बालबालिकाले आफू अध्यन गर्ने वा आफू नजिकको विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);