क्यानडाले कोरोना भाइरस विरुद्धको फाइजर खोप बालबालिकामा प्रयोग गर्ने स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

क्यानडाले कोरोना भाइरस विरुद्धको फाइजर खोप बालबालिकामा प्रयोग गर्ने स्वीकृत

एजेन्सी । क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा कोरोना भाइरस विरुद्धको फाइजर खोप प्रयोगका लागि अनुमति दिएको छ ।

अमेरिकामा बनेको फाइजर खोपको निर्माताले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा गरेको परीक्षणको नतिजा अनुसार क्यानडाले खोप सुरक्षित रहेको भन्दै अनुमति दिने निर्णय गरेको हो ।

विभिन्न चरणको अध्ययनपछि फाइजरले सो उमेर समूहका लागि समेत खोप प्रभावकारी रहेको दाबी गरेको छ । यो सँगै सो उमेर समूहलाई खोप स्वीकृत गर्ने क्यानडा विश्वको पहिलो मुलुक समेत बनेको छ ।

क्यानडामा १६ वर्ष माथिका सबैलाई फाइजर खोप लगाउन अनुमति दिएको छ । क्यानडाको सबैभन्दा बढी कोरोना भाइरस संक्रमण देखिएको अल्बेर्टा राज्यमा आगामी सोमबारबाट सो खोप बालबालिकालाई लगाउन सुरु गरिनेछ ।

त्यहाँ हालसम्म १२ लाख जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २० प्रतिशत १९ वर्ष मुनिका छन् ।

यता अमेरिकाले पनि १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप प्रयोगमा अनुमति दिने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);