अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिको उमेर समूहमा कोरोना विरुद्धको खोप परीक्षण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिको उमेर समूहमा कोरोना विरुद्धको खोप परीक्षण गर्ने

एजेन्सी । अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा कोरोना विरुद्धको खोप मात्रा घटाएर ठूलो संख्यामा परीक्षण गर्ने भएको छ । अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा धेरै स्थानमा ४ हजार ५ सय बालबालिकामा यो परीक्षण सञ्चालन हुने कम्पनीले जनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

फाइजर र उसको जर्मन साझेदार बायोनटेकले मिलेर तयार गरेको यस खोपले अमेरिका, क्यानडा र युरोपेली युनियनमा १२ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिसमा आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । सबैले ३० माइक्रोग्राम डोज प्रयोग गर्छन् । १२ वर्षमुनीका बालबालिकामा भने यो डोजको परिमाण कम हुनेछ ।

यसै साता फाइजरले ५ देखि ११ वर्षसम्मका १ सय ४४ बालबालिकामा पहिलो चरणको अध्यन थालिसकेको छ । फाइजरका अनुसार उसले ५ देखि ११ वर्ष उमेरका बालबालिकामा १० माइक्रोग्राम र ६ महिनादेखि ५ वर्ष उमेरका शिशुहरूमा ३ माइक्रोग्राम डोज परीक्षण गर्नेछ ।

फाइजर कम्पनीले ५ देखि ११ वर्ष उमेरका बालबालिकामा गरिने परीक्षणको डाटा सेप्टेम्बरसम्म प्राप्त हुने अपेक्षा गरेको छ । अमेरिकामा झन्डै ७० लाख किशोर–किशोरीले कम्तिमा खोपको एक डोज लिएको युएस सेन्टर्स अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न बालबालिका र युवालाई खोप लगाउनु महत्वपूर्ण हुने विज्ञहरुले बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);