चीन सरकारद्वारा तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीन सरकारद्वारा तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने अनुमति

एजेन्सी । चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ ।

चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको हो । कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको सञ्चार गराएको छ ।

अहिलेसम्म प्रयोगमा रहेका १५ वटा खोपहरु सबैजसो १८ वर्षभन्दामाथिका वयस्कका लागि लगाइएको थियो । केही मुलुकहरुले १३ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउन अनुमति दिए पनि यति कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो । अहिलेसम्म बालबालिकामा खोपको साइड इफेक्टका बारेमा कम अनुसन्धान भएका छन् ।

चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने यकिन भने भएको छैन । अहिले चीनले देशभरी नै खोप अभियान चलाइरहेको जहाँ १८ वर्षमाथिका नागरिकलाई खोप लगाइँदै छ ।

हरेक दिन १ करोड ४० लाख नागरिकलाई खोप लगाइरहेको चीनले यो महिनाको अत्यसम्म ५६ करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । चीनमा बालबालिकालाई लगाउन अनुमति दिइएको सिनोभ्याकको खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले आपतकालीन अनुमति दिएको थियो ।

यस्तै नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);