देशभर कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउने अभियान सुरु, ६० देखि ६४ उमेर समूहकाले खोप लगाउन पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभर कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउने अभियान सुरु, ६० देखि ६४ उमेर समूहकाले खोप लगाउन पाउने

corona vaccine test

काठमाडौँ  । सरकारले आजबाट मुलुकभर कोरोनाविरुद्धको खोप अभियान चलाउँदै छ ।

चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो । चीनसँग सिमाना जोडिएका स्थानीय तहमा भने १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने स्वास्थ्य सेवा विभाग खोप शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णय गरेर देशभरिका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यो उमेर समूहमा ८ लाख जनसंख्या रहेकाले खोप पर्याप्त नहुने भएकाले उपत्यकाबाहिर उमेर समूह घटाउनु परेको बताइएको छ ।

उपत्यकाबाहिर खोप लगाउँदा पहिलो प्राथमिकता ६४ वर्षकालाई, त्यसपछि खोपको उपलब्धताका आधारमा क्रमशः तल्लो उमेरकालाई दिनुपर्ने स्वास्थ्य सेवा विभागले सूचना जारी गरेको छ ।

खोप अभियानमा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सले भने पहिलो डोज पनि लगाउन पाउनेछन् । त्यस्तै काठमाडौं उपत्यकामा पहिलो मात्रा भेरोसेल लिएर विभिन्न कारणले उपत्यकाबाहिर रहेकाले पनि दोस्रो मात्रा आफू रहेकै ठाउँमै लिन पाउने छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २१ लाख १३ हजार ८० जनाले खोपको पहिलो मात्रा र ७ लाख १५ हजार १ सय ६३ जनाले दोस्रो मात्रा लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);