पर्वतमा ६२ देखि ६५ वर्ष उमेर समूहकालाई आगामी जेठ ३० र ३१ भेरोसेल खोप दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पर्वतमा ६२ देखि ६५ वर्ष उमेर समूहकालाई आगामी जेठ ३० र ३१ भेरोसेल खोप दिइने

बिष्णु गौतम,
पर्वत । पर्वतमा आगामी जेठ ३० र ३१ गते कोरोनाविरुद्धको खोप भेरोसेल दिइने भएको छ । खोप समन्वय समिति पर्वतको बैठकले जेठ ३० र ३१ गते खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकृत प्रविण भण्डारीले जानकारी दिए ।

समितिको मंगलबार बसेको बैठकले पालिकाहरुमा खोप पठाउने र पालिकाहरुले आफ्नो खोप केन्द्र निर्धारण गरेर खोप लगाउने निर्णय भएको छ । खोप ६२ देखि ६४ उमेर समूहका मानिसहरुले लगाउन पाउनेछन् ।

यो उमेर समूहमा पनि पहिलो प्राथमिकतामा ६४ बर्षका मानिसहरु पर्नेछन् । समितिले क्रमशः बढी उमेर समूहका मानिसलाई प्राथमिकता दिँदै थोरै उमेर समूह ६२ बर्षसम्मका मानिसलाई खोप लगाउने गरी योजना गरेको छ । यो खोप पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी पनि लगाइने छ । बाँकी उमेर समूहकालाई खोप नलाईने निर्णय भएको छ ।

पर्वत जिल्लाका लागि २१ सय खोप उपलब्ध भएको बताइएको छ । जिल्लाले मागेको भन्दा झण्डै आधा डोज मात्र खोप उपलब्ध भएका कारण तोकिएको उमेर समूहका सबै मानिसलाई खोप लगाउन नसकिने बताइएको छ । पर्वतमा जेठ ३१ गते सम्म निशेधाज्ञा रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);